Sabae Kura

This is one of the best blogger spot where you can get enough information about tech, news and all.

Recent Posts

LightBlog

Breaking

Wednesday, November 14, 2018

November 14, 2018

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई अब जेल सजाय !

काडमाडौँ। के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !
बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने छ’ भनिएको छ ।
मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सङ्घ/संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि ऐन ल्याउनुपरेको सहसचिव राई बताउनुहुन्छ । बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्नेछ ।
जागिर गर्नेले मात्रै भन्दा पनि मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुनसकेको छैन ।
धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नुपरेको छ । नयाँपुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा÷छोरी)को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयन नभएकाले अब संशोधन भएर कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गर्नुभयो । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करीब ८० वृद्धाश्रम रहेका छन् ।
पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् । 
November 14, 2018

मधुमेहलाई सामान्य नसोच्नुस्, ‘एकपछि अर्काे दुःखले घेर्दै–घेर्दै लैजान्छ’

काठमाडौँ । आज विश्व मधुमेह दिवस । बर्सेनि यसरी दिवस मनाइरहँदा रोगीको सङ्ख्या पनि बढ्दै गइरहेको चिकित्सकहरूको भनाइ छ । पहिला ४० कटेपछि लाग्ने मधुमेह अहिले बालबालिका, युवा उमेरमा पनि देखिन थालेको छ । मधुमेह यस्तो रोग हो, लागेपछि शरीरमा विस्तारै अन्य रोगहरू सहजै लाग्न सक्छ । यो रोग लागेको व्यक्तिलाई आँखा, किड्नी, यौन दुर्बलता, डिप्रेसन, गिजाको रोग, खुट्टा नै काट्नुपर्ने अवस्थासम्म हुनसक्छ । 
पछिल्लो समय हामी धेरैजना मधुमेहको शिकार बनिरहेका छौँ । हाम्रो आधुनिक जीवनशैली र बदलिँदो खानपानले यसलाई बल पुर्याइरहेको छ । कुल जनसङ्ख्याको ८ प्रतिशत नागरिकमा मधुमेह भएको अनुमानित तथ्याङ्क सार्वजनिक भएका छन् । 
मधुमेह दिवसको अवसरमा मधुमेह विशेषज्ञ डाक्टर ज्योती भट्टराईले मधुमेह रोग, यसको रोकथाम, उपचार र सावधानीका बारेमा जानकारी गराएकी छिन् । 
मधुमेह कस्तो रोग हो ? 
साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह (चिनीरोग) अर्थात् डायबिटिज भनिन्छ । रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घट्दै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।
कुल रोगीमध्ये ५० प्रतिशतलाई मधुमेह भएको नै थाहा हुँदैन । थाहा भएकामध्ये पनि ५० प्रतिशतलाई यो रोगको लक्षण नै देखिँदैन । अनि बिरामीले मलाई केही भएको छैन, म किन उपचार गर्नु भन्नुहुन्छ । बिस्तारै अन्धोपन, किड्नी फेल भएरपछि मात्रै मधुमेहबाट यस्तो भएको हो भन्ने बल्ल थाहा हुन्छ । त्यो बेला धेरै ढिला भइसकेको हुन्छ । 
यो रोगलाई धेरैले चिनीरोग भन्ने गर्छन् । चिनीरोगको बारेमा जनचेतना जगाउन निकै ढिला भइसकेको छ । हामी धेरै नेपाली यो रोगको सिकार भइसकेको छौँ भने धेरैको ज्यान गइसकेको छ । 
पहिलाभन्दा केही हदसम्म स्वास्थ्य क्षेत्रको बारेमा सरकार अलि सचेत भएको छ । तथ्याङ्क नै नभए पनि अस्पतालमा भर्ना हुने ५० प्रतिशत बिरामीमा चिनीरोग देखिएको छ । 
पहिला–पहिला हामीमा अनिकाल थियो, खाना पुग्दैन थियो, अहिले खाना पुग्छ तर खानाको ज्ञान भएन । खाना खाए अनुसारको परिश्रम भएन । पार्टी भोजहरूको धेरै चलन आयो । म के भन्छु भने चिनीरोग अर्थात मधुमेह विकाससँगै आउने प्रतिफल हो । 
कोक, फ्यान्टा बिष हो 
पछिल्लो समय बढी मात्रामा चिसो पेयपदार्थ प्रयोग गर्ने धेरै छन् । पेयपदार्थ मानिसका लागि विष जस्तै हो । विषले जसरी एकै पटक नमारे पनि यस्ता बजारमा आएका विभिन्न प्रकारका पेयपदार्थले हाम्रो शरीरमा विभिन्न प्रकारका रोग लाग्छ र अन्त्यमा बिस्तारै बिस्तारै मृत्युको मुखमा पु¥याउँछ । गाउँगाउँसम्म पनि फ्याक्ट्रीबाट बनेको रेडिमेड खानेकुराले धेरै बजार पाउन थालेको छ । 
यस्ता खानेकुरा मानव स्वास्थ्यका लागि निकै हानिकारक छन् । ४० कटेपछि देखिने मुधुमेह नेपालमा युवा वर्गहरूमा पनि देखिन थालेको छ । बालबालिकालाई पनि यस्तो समस्या हुन्छ । 
विद्यालयमा अध्ययन गर्ने मोटा बालबालिकालाई भोलि मधुमेहको समस्या नहोला भन्न सकिन्न । १० वर्ष पहिलाको कुरा गर्ने हो भने ४० वर्षपछिको उमेर समूहमा मधुमेहरोग बढी देखिन्थ्यो भने अहिले २० वर्षमा नै मधुमेह देखिन थालेको छ । त्यो व्यक्तिले २० वर्षपछि कस्तो भयावह अवस्था सहनुपर्ला ?  त्यसैले रोगथामको लागि पोलिसी लेबलमा सरकारले गर्न सक्ने काम र परिवर्तनको विषयलाई सबैले जानकारी गराउन जरुरी छ । जसको लागि १, २ र ३ गरेर म तपाईंलाई जानकारी गराउँन चाहान्छु् । 
१. विद्यालयमा बालबालिकालाई नसर्ने रोगको बारेमा अध्ययन गराउन जरुरी छ । 
२. गाउँघरमा जग्गा भएको ठाउँमा बालबालिकालाई प्राङ्गारिक खेतीमा आबद्ध गराउनुपर्याे । 
३. स्कुलको हाताभित्र चाउचाउ, कोक, फ्यान्टा, जुस बेच्न नपाइने नियम बनाउनुपर्छ । 
यस्तै; सुगरको पनि चुरोटको जस्तै ट्याक्स लिनुपर्ने बेला आइसकेको छ । चिनीको मात्रा धेरै भएका कोक, फ्यान्टा, जुसले समाजमा व्यापकता पाइसक्यो । यो नै विष हो भनेर पनि विभिन्न अनुसन्धानले पत्ता लगाएको छ । जसका लागि हरेक अस्पतालमा पोषण शिक्षिका अर्थात शिक्षक हुनुपर्याे । रोकथाम मूलक कार्यक्रम हुनुपर्याे । सरकारले किड्नी फेर्न, डायलासिसका लागि पनि निःशुल्क व्यवस्था गरिरहेको छ । तर निःशुल्क गर्नुपर्ने र सिकाउनु पर्ने भनेको प्रेसर र सुगरको औषधि फ्री हुनुपर्छ । फ्री मात्रै होइन, सरकारले पहुँच पनि पु¥याउनुप¥यो, ताकि गाउँ–गाउँमा नसक्ने मान्छेले फ्रीमा औषधि पाओस । 
यी दुई रोगका औषधि नियमित खानाले एक हजारभन्दा कम पैसामा मासिक उपचार गर्न सकिन्छ  । तर जब रोग वृद्धि भएर किड्नी फेल र अन्धोपनमा पुगिन्छ, तब तपाईलाई मासिक २५ हजारले पनि पुग्दैन । 
हाम्रो प्रधानमन्त्रीज्यू पनि किड्नीको बिरामी हुनुहुन्छ भनेपछि, त्यो आम जनतालाई उपचारको खर्च कति पर्छ ? त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यो अवस्थासम्म नपुग्नका लागि मुहानमै यस्ता रोगलाई रोक्नका लागि सानै उमेरदेखि घरपरिवारमा सबैले जानकारी गराउन जरुरी  छ । इन्टरनेसनल डायबिटिज महासङ्घको यो वर्षको थिम ‘परिवारदेखि नैै सुरु गरौँ’ भन्ने रहेको छ । 
मधुमेहले निम्त्याउने समस्या 
मधुमेहले शरीरको अङ्ग–अङ्गलाई क्षति गर्छ । यौनदुर्बलता, डिप्रेसन, तनाव, गिजाको रोज, अन्धोपन, पक्षघात, मुटुरोग, किड्नीमा समस्या मधुमेहकै कारणले हुन्छ । मधुमेहकै कारणले किड्नी फेल भएका धेरै नेपालीहरू छन् । त्यसैले मधुमेह सकेसम्म लाग्न नै नदिनुस् । लागे पनि कन्ट्रोल गर्नुहोला । मधुमेह भएपछि सानोसानो घाउ पनि निको हुन गाह्रो हुन्छ । यो रोगले खुट्टामा सङ्क्रमण हुन्छ । सानो घाउँले पनि उग्ररूप लिन्छ । अन्त्यमा खुट्टा नै काट्नुपर्ने अवस्था पनि आएको छ । 
मधुमेहलाई सामान्य नसोच्नु होला यो रोग लागे पछि एक पछि अर्काे दुःखले तपाईंलाई घेर्दै–घेर्दै लैजान्छ । मधुमेहले मानसिक र शारीरिक धेरै समस्याहरू निम्त्याउँछ । त्यसैले मधुमेह नै हुन नदिनु उत्तम हो, भएपछि पनि कन्ट्रोल गर्नसक्नुपर्छ । यो नै सबभन्दा उत्तम उपचार हो ।
मधुमेह हाम्रो वंशाणुगत रूपमा नै हुने रोग हो । मधुमेहको क्यापिटल भनेर कहलिएको भारत पनि हाम्रो नजिक छ । वंशाणुगत रूपमा हामी भारतसँग सम्बन्धित नै छौँ । हामी त्यो वंशबाट आएको मान्छे हुनाले हामी यसै पनि मधुमेहको जोखिममा छौँ । अन्य विकसित मुलुकमा ४० कटेपछि मधुमेह जाँच भनिएको हुन्छ भने हाम्रो मुलुकमा ३० कटेपछि गरौँै । अझ हामीजस्तो चिकित्सकहरूले २५ वर्षमा नै मधुमेहको परीक्षण गरौँ भन्दै आइरहेका छौँ ।  बालबालिकालाई पनि मधुमेह हुनसक्छ । यस्ता बालबालिकाको कान्ति बाल अस्पताल काठमाडौँ, पाटन अस्पताल ललितपुर र धरान अस्पताल सुनसरीमा निःशुल्क उपचार हुन्छ ।   
कल्चरले बढायो मधुमेह   
हामीले मान्दै आएका संस्कारहरूमा पनि परिवर्तन आएको छ । पारिवारिक भेटघाटमा पनि खानेकुरा खाने, चिसो पेयपदार्थ कोक, फ्यान्टा बढी प्रयोग गर्छाँै । यो गलत हो । स्वास्थ्यका लागि हानिकारक छ । भेटघाट गर्नु राम्रो हो । तर बजारमा आएका रेडिमेड खानेकुरा खानु राम्रो होइन । स्वास्थ्यलाई ख्याल गर्ने हो भने मकै भटमास, पानी खाँदा हुन्छ । कोको, फ्यान्टा, बियर बाँड्ने ठाउँमा हामीले दही, मोही बाँढ्नु पर्यो । नेपालमा बिरामीको सङ्ख्या बढ्नुको कारण विभिन्न सञ्चार माध्ययममा आउने, रेडिमेड खानेकुराको विज्ञापन पनि एक हो । जस्तो टेलिभिजनमा बालबालिकाकाको विकास हर्लिक्स खाएर हुन्छ भन्दै बालबालिकाको ठूलो भएको देखाउँछ । चिसो खाँदा एउटा पहाडबाट अर्काे पहाडमा उफ्रिनसक्ने देखाउँछ । यस्ता अनावश्यक भ्रम लादिएको कुरालाई सरकारले बन्द गर्नुपर्छ । हर्लिक्समा चिनीको घोल हुन्छ, यो बालबालिकालाई मात्रै होइन कसैका लागि पनि फाइदा छैन । 
मुधुमेहबाट जोगिन यसो गर्नुस् 
मधुमेह एउटा त वंशाणुगत नै हुने भयो । अर्काे जहाँ जहाँ सवारी साधन पुगेको छ, त्यहाँ मधुमेह पुग्छ । कारण सवारी साधन भएपछि हिँडाइ कम, परिश्रम कम हुँदा शरीरमा बोसोको मात्र बढी हुन्छ र मुधुमेह मात्रै होइन अन्य रोगको सिकार भइन्छ । दैनिक एक घण्टा हिँड्ने, चलायमान हुने, पेटको गोलाइप्रति सचेत हुने, महिलाहरूको ८० सेन्टिमिटर भन्दा कम राख्ने, पुरुषले ९० सेन्टिमिटर भन्दा कम राख्ने हुनुपर्छ । रेडिमेट खाना नखाने, घरमै बनाएको खाना खाने गर्नाले पनि मधुमेहबाट जोगिन सकिन्छ । मधुमेहलाई भयावह नसोच्नु होला, यो रोगलाई नियन्त्रण हामी आफैले गर्न सक्छौँ । नियन्त्रण गर्ने हो भने औषधि नखाँदा पनि हुन्छ । 
खाना खाँदा दुई मुठठी अन्न, बुढी औलाको टुप्पाजति तेल, धेरै तरकारी, दुई तीन पिस मासु, माछामासु नखानेले भटमास, दही गेडागुडी खाँदा राम्रो हुन्छ । मधुमेह भएको बिरामीले चामलको भात खानुहुँदैन ढिँडो चाहिँ खानुहुन्छ भन्ने कुरा गलत हो । जुन अन्न खाए पनि हत्केलाले च्यापेर दुई मुठ्ठीभित्र खानुपर्छ । बोक्रासँगै आलु खानुभयो भने त्यही दुई मुठी भात जति आलु खानुस् । रेसायुक्त खाना खाँदा राम्रो हुन्छ ।  
खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ । खाना घटाउने, साधारण खाने, चपाएर खाने र प्राकृतिक खाना खाने, फ्याक्ट्रीको खाना नखाने सुपरमार्केटको खाना नखाने, गाउँघरको लोकल कुरा खाने, मज्जाले चपाएर खाने, सागसब्जी धेरै खाने । 
अहिलेसम्म जति तरकारी खाइन्थ्यो, त्यो मात्रामा भात राखौँ अर्थात् भात तरकारीको परिमाण उल्टो गरौँ । फाइवर (रेसायुक्त) खानेकुरामा जोड दिऔँ । त्यो भनेको एक कचौरा भात लिँदा दुई तीन कचौरा तरकारी लिऔँ भनेको हो । यस्तो खानाले मधुमेह मात्रै होइन, अन्य रोगका बिरामीलाई समेत फाइदा पुग्छ । 
त्यस्तै; मधुमेहको बिरामीले मासु धेरै नखाऊँ । दुई टुक्रा मासु भए पुग्छ । यतिले भोक मेटिँदैन भने पहिले नै गाँजर, काँक्रो, मूलाजस्ता सलादहरू खाने गरौँ र पेट भरौँ । बरु एक गिलास पानी खाऔँ ।
के नखाने ? 
चिनी, मिठाई, कोक, फेन्टा जुस यी सबै गुलियो पदार्थ हुन् । त्यसैले यी पदार्थहरू नखाएको राम्रो किनकि मधुमेह भएको व्यक्तिलाई त्यसै पनि रगतमा सुगरको मात्रा बढी हुन्छ अर्थात गुलियो पना बढी हुन्छ । फलफूलमा पनि स्याउ सुन्तला, अम्बा, मेवा, खर्बुजा, नास्पाती, किवी, बयर जस्ता फलफूल खान सकिन्छ तर अङ्गुर, आँप, लिची, अनार जस्ता फलफूल नखाँदा राम्रो हुन्छ । मासु नै खानपरे दुई टुक्राभन्दा बढी नलिने । रातो मासु सकेसम्म नलिने । माछा, कुखुराको सेतो मासु प्रयोग गर्नु राम्रो । अण्डाको पहेँलो भाग सक्दो नखाने ।
आलु पिँडालु पनि खान हुन्छ तर एकै पटक ती सबै खानु भएन । किनभने ती सबैमा कार्बोहाइट्रेड पाइन्छ । त्यसैले आलु खाँदा पिँडालु नखाने, भात कम खाने वा नखाने गर्नु राम्रो हुन्छ । भात, आलु, पिँडालु जस्ता कुराहरू एकै पटक धेरै खानु हुँदैन । मधुमेहबाट जोगिनका लागि मोबाइल हेर्ने, टिभी हेर्ने गरेर हुँदैन । हिँड्नुपर्छ, व्यायाम   गरिराख्नुपर्छ । 
अर्काे मधुमेहको जोखिम धुलोधुवाँ पनि हो । धुलोधुवाँको मात्रा बढ्दै गइरहेको छ, यसका लागि सरकारी मात्रै होइन हामी सबैनागरिकले पनि रोक्ने काम गर्नुपर्छ । नत्र हामी सबै रोगी हुने सम्भावना छ । 
टड्कारो परिवर्तन हुनुपर्छ 
मधुमेहको बारेमा जानकारी दिनका लागि सरकारको पक्षबाट टड्कारो चेन्ज ल्याउनु नै पर्ने अवस्था आइसकेको छ । अर्काे नसर्ने रोगको जुन प्याकेज बनाइएको छ, त्यसलाई चुस्त दुरुस्त बनाइनुपर्छ । निःशुल्क प्याकेजको नेपालभरी नै सुविधा हुनुपर्छ । स्वास्थ्यको क्षेत्रमा पहिला भन्दा धेरै परिवर्तन भएको छ तर भएको कुरालाई पनि चुस्तदुरुस्त कार्यान्वयन गर्न जरुरीे छ । विद्यालयमा नसर्ने रोगको बारेमा अध्ययन गराउनुपर्छ । यो सरकारको तर्फबाट गर्नुपर्ने कुरा भयो भने हामीजस्ता नागरिकले पनि धेरै कुरा गर्नुपर्ने छ । विभिन्न रेडिमेड खाना, पार्टीमा खाने, फ्याक्ट्रीको खाना खाने त्यसैलाई राम्रो भन्ने हाम्रो बानी हटाउनुपर्छ ।  
(मधुमेह रोग विशेषज्ञ डाक्टर ज्योती भट्टराई मेट्रो अस्पतालमा कार्यरत छिन् ।)
 
November 14, 2018

नैकापमा भेटियो नक्कली स्याम्पो र बीएमसी मसलाको फ्याक्ट्री

काठमाडौं– राजधानीमा अमेरिकी ब्राण्डको स्याम्पो हेयर एण्ड सोल्डर र भारतीय ब्राण्डको बीएमसी मसलाको नक्कली कारखाना फेला परेको छ । 
राजधानीको चन्द्रागिरी नगरपालिका १५ स्थित नैकापमा बासु बिडारी र  ज्योती बिडारीको नाममा खोलिएको ‘ज्योती सोप एण्ड केमिकल्स’ नामको कम्पनी फेला परेको हो । 
विषेश सूचनाको आधारमा काठमाडौं प्रहरीको टोलीले छापा मार्ने क्रममा सो नक्कली कम्पनी फेला पारेको हो । 
सो नक्कली कम्पनीबाट सेम्पो र मसला उत्पादन गरी बजारमा विक्रि वितरण हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली कारखानाका सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको काठमाडौं प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 
November 14, 2018

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ ।
नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय समिति डोटीले आयोजना गरेका एक कार्यक्रममा सहभागी हुन जाने बेला सांसद आलेमगरलाई कालोझण्डा देखाइएको हो । निर्वाचनका बेला विभिन्न खाले झुटा सपना बाढेको भन्दै सांसद आलेलाई कालोझण्डा देखाइएको स्थानीयहरु बताउदछन् ।

प्रतिनिधि सभा निर्वाचनका बेला आफूले जिते डोटीको दिपायललाई सुदूरपश्चिम प्रदेशकोे स्थायी राजधानी बनाउने भन्दै भोट मागेका थिए । यद्धपी अहिले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएपछि सांसद आलेमगरप्रति डोटीबासीे आक्रोशित बनेका हुन्् । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई आलेमगरले पराजित गरेका थिए।
November 14, 2018

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २९ ।
कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा एम्बुलेन्सको ठक्करवाट दुई बालकको ज्यान गएको हो । टीकापुर पार्कबाट पिकनिक खाएर फर्किदै गरेको से १ त ८३३७ नम्बरको ट्याक्टरले मंगलबार साँझ ठक्कर दिँदा टीकापुरका १३ वर्षका युवराज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलमा सवार रहेका खनालको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता डोटीको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालले जानकारी दिएको छ । इशान शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा हुन् ।  एम्बुलेन्स र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
November 14, 2018

सेती अंञ्चल अस्पतालको चरम लापरबाही - ओलानीकी एक गर्भवती महिलाको ज्यान गयो

सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालका रुपमा रहेको सेती अंञ्चल अस्पतालको चरम लापरबाहिले एक जना महिलाको ज्यान गएको छ । अस्पतालको लापरबाहिले कैलालीको गोदावरी नगरपालका वडा नं १२ बस्ने फुरे बादीकि ३५ बर्षिया श्रीमती शान्ता बादीको ज्यान गएको गोदावरी नगरपालिका वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्काले जानकारी दिनुभयो ।
पेटमा ७ महिनाको बच्च रहेको शान्तालाई एक्कासी बेथा लागेर उच्च रक्तश्राव हुन थालेपछि गएराति करिब २ बजेको समयमा अञ्चल अस्पतालमा पुञ्याईएको थियो । ओलानीमा सहजै रुपमा एम्बुलेन्स नजाने भएकाले आफ्नै पहलमा जसो तसो गरेर रातिको समयमा एम्बुलेन्स बोलाएर अस्पतालमा पुञ्यादा डाक्टरहरु नहुदा उपचार नपाएर ज्यान गएको वडाध्यक्ष खड्काले बताए ।
उच्च रक्तश्राव हुदै गर्दा जसो तसो अस्पताल सम्म पुञ्याएको भएपनि अस्पतालले गम्भिर लापरबाहि गर्दा आज बिहान ४ बजे उनको ज्यान गएको बडाध्यक्षले आरोप लगाए । आर्थिक अबस्था निकै कमजोर भएका मृतक बादिका ५ ओटा छोराछोरीहरु रहेका छन् । उनको शबलाई बिहान वडाध्यक्षकै पहलमा घरमा लगेर अहिले दाहासंस्कार गरिएको छ ।
November 14, 2018

प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना पक्राउ

कात्तिक २६, धनुषा – जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेविसंघका धनुषा सभापति सुजित मिश्र, कार्यकर्ता भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादव रहेको प्रहरीले जनाएको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै सोमबार साँझ जनकपुरको रामानन्दचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
November 14, 2018

१ लाख ९ हजार ७ सय रुपियाँ सांसदहरुको तलब कम भो भन्दै बढाउन माग

जनताका प्रतिनिधि ऐनाको परावर्तन जस्तै हुन् । जस्ता जनता त्यस्तै नेता भन्ने गरिन्छ । तर नेपालमा जनता र जनप्रतिनिधिमा आकाश पातालको फरक छ । धेरै जनतालाई आज के खाँऊ , भोली के खाँऊ बनेको छ । छाक टार्न नै धौ–धौ छ । यस्तो अवस्थामा जनप्रतिनिधि (सांसद) हरुले तलब भने मासिक १ लाख ९ हजार ७ सय ३० रुपियाँ छ । पीए तलव, भत्ता देखि अन्य सुविधासहित जोड्ने हो भने लाखौँ–लाख सुविधा बुझ्छन् ।
यो तलबपनि उनीहरु आफैले बढाएका हुन् । तरपनि अझैपनि सांसदहरुले यो तलब भत्तामा जीवन धान्न नै गाह्रो परेको गुनासो गर्न थालेका छन् । आफ्नो तलब आफै बढाएको गुनासो आइरहेको बेला सांसदहरुले भने राज्यबाट पाएको तलबले जीवन धान्न नै गाह्रो परेको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसद को खर्च अलि कमी हुने गरेको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरेको छ । दैनिक १ सय समेत नभएर घाक टार्न चिच्याइरहेका जनताका प्रतिनिधिको यो हर्कत जनताको मन कुड्याउने खालको छ ।
सांसदले मासिक १ लाख ९ हजार ७ सय ३० रुपियाँ पाउने गरेका छन । यसैबाट स्वकीय (पीए) लाई ३० हजार ५ सय रुपियाँ दिनु पर्ने हुन्छ । कतिपय सांसदले आफ्नै परिवारका सदस्यलाई स्वकीय राख्ने र त्यो पैसा बचाउने गरेका छन् । सांसदले मासिक पारिश्रमिक बापत ५५ हजार ३ सय २० रुपियाँ, विशेष भत्ता १ हजार, सञ्चार सुविधा बापत ३ हजार, आवास बापत १८ हजार, बिजुली धारा बापत २ हजार रुपियाँ पाउँदै आएका छन् । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले मासिक पारिश्रमिक ६७ हजार ३ सय २० रुपियाँ पाउँछन् । सांसदको बाहेक उनीहरुले १० हजार २ सय ७५ रुपियाँ आवासको रकम बढी पाउँछन् । सभामुख र अध्यक्षले निजी सचिवालय बन्दोबस्तबापत मासिक २ हजार, गार्ड घरबापत २ हजार, सवारी इन्धनबापत २ सय ५० लिटर र मोबिल त्रैमासिक १० लिटर पाउने संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुबिधासम्बन्धी ऐनमा उल्लेख छ । बिजुली, धाराको भुक्तानी बिलअ नुसार हुने गरेको छ ।
निजी सचिवालयका कर्मचारीका लागि एकमुष्ट रुपमा १ लाख ९७ हजार ५ सय १० रुपियाँ उपलब्ध गराउने गरिएको छ । प्रतिनिधिसभाका विपक्षी दलका नेता, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष, रा ष्ट्रियसभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता, मुख्य सचेतक, विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षका प्रमुख सचेतक र समितिका सभापतिलाई मासिक पारिश्रमिक एउटै छ । उनीहरुले मासिक ६० हजार ९ सय ७० रुपियाँ पाउँछन् । सबैले आवास बापत २५ हजार ६ सय ८, बिजुली धाराबापत २ हजार पाउँछन् । निजी सचिवालय बन्दोबस्त बापत मासिक १ हजार ७ सय ५० पाउँछन् । राष्ट्रियसभाका विपक्षी दलका नेता, सत्ता पक्षको नेता, मुख्य सचेतकलाई गार्डघरको सुविधा छैन तर अरुले भने मासिक १हजार ७ सय ५० रुपियाँ पाउँने गरेका छन ।

Friday, October 19, 2018

October 19, 2018

रावणकाे पुत्ला जलाउँदा ६२ जनाकाे मृत्यु भयो :रेल ले मान्छे किच्दै गयो

भारतको पञ्जाब राज्यको अमृतसर सहरनजिकै विजयादशमीकाे दिन रावणकाे पुत्ला जलाउन जम्मा भएकाे भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना भएको छ ।शुक्रबार राति भएकाे घटनामा परी कम्तीमा पनि ६२ जनाकाे मृत्यु भएकाे र १५० भन्दा बढी घाइते भएकाे बिबिसी हिन्दीले बताएको छ ।
अमृतसर रेल लीक नजिकै सो रावण दहन कार्येक्रम रहेको थीयो ।अचानक अाएका दुर्इ रेल मेला काे भीडमाथि कुदेपछि भागाभाग भएको र सो क्रममा झन ठूलाे क्षति भएकाे प्रहरीले बताएको छ ।
प्रहरी कमिश्नर सधांशु शेरख श्रीवास्तवले मृतकको संख्या ६२ पुगेको र दुर्घटनामा १५० जनाभन्दा बढी घाइते भएकाे पुष्टि गरेका हुन् । पुत्ला जलाउँदा लागेको आगोको रापले गर्दा भीड पछि हट्द रेलकाे लिकमै मानिसहरु जम्मा भएका थिए । एक तर्फबाट रेल आएपछि भागेर अर्को रेलवेमा पुग्दा उक्त बाटोमा पनि रेल नै आएपछि भीड कच्यककुचुक भएकाे बताएको छ ।
घटनालगत्तै भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल र ट्विटरमार्फत मृतक र आफन्त प्रति श्रद्धाञ्जली अर्पण गर्दै दुवै घटनालार्इ दुःखद र भनेका छन् ।



October 19, 2018

अर्चना पनेरु BIG BOSS मा ।

नेपाल मा पोर्न् स्टार बन्छु भनेर चर्चा मा आएकी अर्चना पनेरु हाल भारत को मुम्बई मा आफ्नो आमा संग बस्दै आएकी छिन् ।नेपाली फिल्म क्षेत्र मा  छेस्को  र जिस्म मा आभिनए गरे पनि उनि नेपाली फिल्म जगत मा सफल हुन सकेकी थीइन्न ।


आफ्नो करिअर नेपाली फिल्म मा बनाउन नसके पछी काठमाडौँ को विभिन्न डान्स बरहरु मा काम गर्दै आएकी थीईन । चर्चा चले आनुसार अर्चना ले बिग बोस मा  प्रेबेश पाउन मुम्बई मा मेहनत गरिरहेकी छिन्।


सुरु मै प्रेबेश  पाउन खोजे पनि सबै प्रतियोगी छनोट भैसकेको हुनाले वाईड  कार्ड को सहयेता  ले इन्ट्री को लागि तयार बसेको कुरा सुनिदै आएको छ ।तर बिग्बोस को टीम बाट कुनै किसिम को आधिकारिक कुरा सुनिन मा आको  छैन ।भारत मा समेत सन्नी लिओने को नाम ले चिनिने अर्चना पनेरु अब बिग्बोस मा अउछिन् त ? त्यो त पर्खिनै पर्छ ।



पोस्ट मन परे लाइक  र शेर गर्नु होला ।